Home अर्थ/व्यापार यामाहाको माइलेज च्यालेन्जमा प्रदीप प्रथम

यामाहाको माइलेज च्यालेन्जमा प्रदीप प्रथम

माइलेज च्यालेन्जमा प्रथम हुन सफल प्रदीप पण्डित ।

हेटौँडा : यामाहा कम्पनिको स्कुटर रे–जेड आरको माइलेज च्यालेन्जमा प्रदीप पण्डित विजेता हुनुभएको छ । यामाहा कम्पनिका दुई पांग्रे सवारीको हेटौँडाका लागि आधिकारिक विक्रेता राज मोटर्सले शनिबार हेटौँडामा आयोजना गरेको माइलेज च्यालेन्जमा २३ जना सहभागी थिए ।

२५ किलोमिटरको दूरी प्रतिलिटर ७८ दशमवल ५९ किलोमिटर कायम गर्न सफल भई प्रदीप प्रथम हुनुभएको हो । यस्तै प्रतिलिटर ७८ दशमलव २४ किलोमिटर कायम गर्न सफल स्वरुम लिम्बु दोस्रो तथा प्रतिलिटर ७७ दशमलव ८५ किलोमिटर कायम गर्न सफल सुरज कुँवर तेस्रो हुनुभयो । हेटौँडा–४, मेनरोडस्थित शोरुमबाट सुरु भएको माइलेज च्यालेन्ज वन विज्ञान क्याम्पस चोक, रजतजयन्ती चोक, हुप्रचौर, पारिजातपथ, संगमचोक, लोकप्रियचोक, बुद्धचोक, राप्तीरोड, बसपार्क, टिसिएनरोड, सिमाचोक, स्कूलरोड, कमाने, हटिया, रगशाला, चौघडा, शालकपार्क, पिप्ले, बुद्धचोक हुँदै होटल एभोकाडोमा पुगेर समापन भएको थियो ।

राम्रो माइलेज दिने स्कुटरको रुपमा परिचित रे–जेड आरको मापनलाई सार्वजनिकरुपमा पुष्टि गर्न र स्कुटरका प्रयोगकर्तालाई उत्साह प्रदान गर्न माइलेज च्यालेन्ज आयोजना गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो । माइलेज च्यालेन्जमा प्रथम, दोस्रो र तेस्रो हुने सहभागीलाई टोकन र प्रमाणपत्र प्रदान गरिएको थियो । यामाहाले हरेक वर्ष माइलेज च्यालेन्ज आयोजना गर्दै आएको छ ।

Exit mobile version