हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग (केपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बुधबार क्लबले शनिबारदेखि खेल सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा कमाने इप्लानेट ब्लास्टर्स र कमाने एक्सपोर्टस् भिजन–११ भिड्ने छन् । सोही दिन हुने दोस्रो खेलमा शुभ कंसाकार सम्मिलित कमाने लायन्स र साविक उपविजेता कमाने रोयल्स भिड्ने छन् । प्रतियोगितामा कमाने थर्डआई र कमाने राइडर्ससमेत ६ वटा टोलीको सहभागिता रहनेछ ।
माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेलेका शुभ कंसाकारको आगमनले चौथौ संस्करण अझै रोचक हुने आयोजकको भनाइ छ ।
