Home मुख्य समाचार हेटौँडामा सामूहिक ईहि यज्ञ सुरु

हेटौँडामा सामूहिक ईहि यज्ञ सुरु

यज्ञमा सहभागीहरुको तस्वीर ।

हेटौँडा : हेटौँडामा नेवार जातिको सामूहिक ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) सुरु भएको छ । बिहीबार ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) संस्थाको आयोजनामा सामूहिक ईहि यज्ञ सुरु भएको होे ।

श्रीपञ्चमीको शुभ साइतमा पालोवाला गुठियार तथा आजीवन सदस्य यसकुमार श्रेष्ठद्वारा आयोजित सामूहिक ईहि यज्ञ शुक्रबारसम्म चल्ने संस्थाले जनाएको छ । यस वर्ष ईहि यज्ञमा ६१ जना कन्याहरुको सामूहिक बेल विवाह गरिँदैछ । प्रत्येक वर्ष संस्थाका आजीवन सदस्यहरुबाट पालैपालो गरी बेलविवाह आयोजना गरिन्छ ।

संस्थामा हाल १७ जना आजीवन सदस्यहरु रहेका छन् । नेवार जातिमा बालिकालाई राजस्वला हुनुअगाडि ईहि गराउने प्रचलन छ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।

Exit mobile version