हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव लड्न कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ र क्षेत्र नम्बर २ मा काँग्रेस जिल्ला सभापति बुद्ध लामाले मनोनयन दर्ता गरेका छन् । मकवानपुरबाट चौथो पटक चुनावी प्रतिस्पर्धामा रहेकी डिनाले दल–बलसहित उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा दामोदर खनाल रहेका छन् भने समर्थकमा इन्द्रबहादुर बानियाँ रहेका छन् ।
कांग्रेसकी पूर्व सहमहामन्त्री रहेकी डिना गत निर्वाचनमा पनि सोही क्षेत्रबाट पराजित भएकी थिइन् । उनी २०७९ को निर्वाचनमा राप्रपाका दीपक बहादुर सिंहसँग पराजित भएकी थिइन् । २०४८, २०५१, २०७४ र २०७९ मकवानपुरबाट उम्मेदवार भएकी थिइन् । २०४८ देखि २०७४ सम्म मकवानपुर क्षेत्र नम्बर–२ बाट चुनाव लडेकी उनी तत्कालिन नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०७९ मा भने क्षेत्र फेरेर मकवानपुर–१ बाट चुनाव लडेकी उनी राप्रपाका दीपक बहादुर सिंहसँग पराजित भएकी थिइन् ।
त्यस्तै मकवानपुर–२ बाट कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा सचिव ईश्वर पाठक र समर्थकमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती रहेका छन् । उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
