Home मुख्य समाचार मकवानपुरमा एसपीमा श्याम खत्री

मकवानपुरमा एसपीमा श्याम खत्री

हेटौँडा : मकवानपुरमा एसपी श्याम खत्री आउनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट सरुवा भएर श्याम सोमबार मकवानपुर आउनुभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

यसअघिका एसपी रहनुभएका सुवास चन्द्र बोहोरा बढुवा भएर नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौं पुग्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार उहाँसहित ११ जनालाई सरुवा गरेको थियो । साथै हालै बढुवा भएका १० एसपीको पदस्थापन समेत गरेको थियो ।

Exit mobile version