Home मुख्य समाचार नेता बानियाँले गरे गौरिटारको आइसोलेसनको अनुगमन

नेता बानियाँले गरे गौरिटारको आइसोलेसनको अनुगमन

हेटौंडाः नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली काङ्ग्रे्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले आज हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डको स्थलगत अनुगमन गर्नुभएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डको अनुगमन गरी उहाँले आइसोलेसनमा भएका समस्याहरुको समाधान गर्न तथा व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो । यस्तै हेटौंडामा सङ्कलन गरिएको स्वाबको कोरोना रिपोर्ट ८ दिनसम्म नआउनु गम्भीर विषय रहेको भन्दै यसबारे प्रदेश सरकारको ध्यानाकर्षण गराइने उहाँले बताउनुभयो । नेता बानियाँले अनुगमनका क्रममा कोरोना विरुद्ध लड्न र आइसोलेसन व्यवस्थापन गर्न नेपाली काङ्ग्रेसले आवश्यक सहयोग गर्ने पनि बताउनुभएको छ । बानियाँसँगै ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले पनि आइसोलेसन वार्डको अनुगमन गर्नुभएको थियो ।

Exit mobile version