Home खेलकुद महिला शिक्षक भलिबलको उपाधि जीएस निकेतनले जित्यो

महिला शिक्षक भलिबलको उपाधि जीएस निकेतनले जित्यो

उपाधिसाथ जीएस निकेतनको टिम ।

हेटौँडा : जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतनले जितेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा जीएस निकेतनले मकवानपुरगढी–८ स्थित रुपनारायण माध्यमिक विद्यालयलाई पराजित गरेर उपाजित जितेको हो ।

उपाधि जितेसँगै जीएस निकेतनले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र गरेको छ भने उपविजेता रुपनारायण माविले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा जीएस निकेतनले रुपनारायण माविलाई ३–२ सेटले पराजित गरेको हो । पहिलो सेट २५–१८ ले जितेको जीएसले दोस्रो सेट १९–२५ ले गुमायो । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको जीएसले तेस्रो सेट २३–२५ ले गुमाएपछि नतिजाका लागि अन्तिम सेटसम्म पुग्नु प¥यो । अन्तिम तथा निर्णायक सेटमा १५–९ को सेटमा पराजित गर्दै जीएसले उपाधि रक्षा गरेको हो ।

आइतबार नै भएको सेमिफाइनल खेलमा रुपनारायण माविले आयोजक प्रगति माविलाई २–१ को सेटमा र जीएस निकेतनले हेटौँडा–९ स्थित कृष्ण आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा कृष्ण आदर्श माविले प्रगति माविलाई २५–१४, १६–२५ र १५–११ को सेटमा पराजित गरेको हो । तेस्रो स्थान हासिल गर्न सफल भएको कृष्ण आदर्श माविले ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जीएस निकेतनकी आयुषा सिंह दनुवार घोषित हुनुभयो ।

हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगिता आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सुदिप पौड्यालले जानकारी दिनुभयो । प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ र विशिष्ट अतिथि हेटौँडा ९ नम्बर वडाका वडाध्यक्ष सुकराम केसीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

Exit mobile version