Home मुख्य समाचार मकवानपुरकी महिलाले माफी दिएपछि उदयपुरका चित्रबहादुर विरुद्धको साइबर क्राइमको उजुरी फिर्ता

मकवानपुरकी महिलाले माफी दिएपछि उदयपुरका चित्रबहादुर विरुद्धको साइबर क्राइमको उजुरी फिर्ता

कतारः सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाकी एक महिलालाई उदयपुर जिल्लाको गाइघाटका चित्रबहादुर कामी (पुर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) बिरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । कामीले महिलासँग माफी मागेका छन् भने आर्थिक कारोबार सम्बन्धी लेनदेन मिलाउने कागज समेत गरेका हुन् ।

फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै मकवानपुरे चेलीले कतारको साइवर क्राइममा उजुरी दिएकी थिइन् । पीडक कामीले सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकोप्रति सार्वजनिक माफी माग्दै आफूबाट गल्ती भएको स्वीकार गरेका छन् भने अब यस्तो गल्ती नदोहा¥याउने भन्दै माफी मागेका हुन् । पीडक कामीले मकवानपुरे चेलीलाई प्रयोग गरी एउटै कम्पनीका अन्य महिला कामदारबाट पैसा व्याज दिन्छु भनी लिएको रकममा आधा रकम फिर्ता गरेको र बाँकी रकम एक महिना भित्र फिर्ता गर्ने शर्तमा सम्बन्धित महिला कामदारहरुको नाममा कागज गरेका छन् ।

राष्ट्रिय मानव अधिकार समिति दोहा कतारको कार्यालयमा पीडित र पीडक दुबै पक्षबीच मिलापत्र पश्चात साइबर क्राइममा दिइएको उजुरी पीडित युवतीले फिर्ता लिएकी हुन् । राष्ट्रिय मानव अधिकार समिति दोहा कतारका प्रतिनिधि मोहम्मद रमजान अली मियाँ, बिश्वकर्मा समाजका सल्लाहकार पिताम्बर बिश्वकर्मा, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक सरोज पुडासैनी लगायतकाको उपस्थितिमा पीडित र पीडक पक्ष बीच मिलापत्र भएको थियो ।

Exit mobile version