Home मुख्य समाचार कर्रास्थित आइसोलेसनबाट १२४ स्वाब नमूना सङ्कलन

कर्रास्थित आइसोलेसनबाट १२४ स्वाब नमूना सङ्कलन

फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज एक सय २४ स्वाब नमूना सङ्कलन भएको छ । आज सङ्कलित नमूना मध्ये एक सय १० वटा स्वाब नयाँ व्यक्तिको हो भने १४ वटा स्वाब नमूना कोरोना भाइरस सङ्क्रमितको पुनः परीक्षणका लागि सङ्कलन गरिएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

सङ्कलित स्वाब नमूना हेटौंडामै रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । कोरोना परीक्षणका लागि भदौ ३ गतेदेखि सङ्कलित स्वाब नमूनाको प्रयोगशाला रिपोर्ट प्राप्त हुन सकेको छैन ।

Exit mobile version