Home मुख्य समाचार राष्ट्रिय सभा निर्वाचन, नेमकिपाका २ जनाले उम्मेदवारी दर्ता गरे

राष्ट्रिय सभा निर्वाचन, नेमकिपाका २ जनाले उम्मेदवारी दर्ता गरे

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुहूँदै कविता महर्जन ।

हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । माघ ११ गते बागमती प्रदेश तर्फको २ सिटका लागि हुने निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गरेका हुन् ।

बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका छन् । प्रस्तावक सुनिल प्रजापति र रजनी जोशी समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका छन् भने महिलातर्फ कविता महर्जन प्रस्तावक सुरेन्द्रराज गोसाई र सृजना सायजुको समर्थनमा जोशीले मनोनयन दर्ता गरेकी हुन् ।

Exit mobile version