Home मुख्य समाचार ११ किलो गाँजासहित मकवानपुरगढीका विष्णुलाल रुम्बा पक्राउ

११ किलो गाँजासहित मकवानपुरगढीका विष्णुलाल रुम्बा पक्राउ


हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४, सामरीपुल स्थित विष्णुलाल रूम्बाको घरबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । हिजो लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको विशेष टोलीले रुम्बाको घरमा खानतलासी गर्दा बोरा र प्लास्टिकको झोलामा राखेको ११ किलो लागूऔषध गाँजा फेला पारेको थियो ।

लागू औषध गाँजासहित मकवानपुरगढी गाउँपालिका–४ का वर्ष ६८ को विष्णुलाल रुम्बालाई पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

Exit mobile version