Home मुख्य समाचार धादिङ र चितवनमा एकैदिन दुई जनाको मृत्यु

धादिङ र चितवनमा एकैदिन दुई जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ र चितवन जिल्लामा दुई जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

धादिङ जिल्लाको धुनीबेशी–३, छत्रेदेउरालीस्थित शिवम् ईट्टा भट्टामा काम गर्ने भारतीय कामदार मृत अवस्थामा फेला परेका छन् । भारतको उत्तर प्रदेश जिल्लाको बहराइच ग्राम पञ्चायत घर भएका ३६ वर्षीय राजु खान शनिबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । मुचुल्का पश्चात लाशलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको थियो ।

शनिबार अपराह्न १ बजेर ३० मिनेटको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बारघरेमा डेरा गरी बस्दै आएका एक जना पुरुष एक्कासी बेहोस भएका थिए । बेहोस भएका भरतपुर–२६, दिव्यनगरका ४३ वर्षीय राजेश विकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । विकलाई शनिबार दिउँसो २ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version