Home मुख्य समाचार भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना ४ मृतकको पहिचान खुल्यो

भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना ४ मृतकको पहिचान खुल्यो

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जना मध्ये ४ जनाको परिचय खुलेको छ । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी-कुलेखानी सडकखण्डको जुरीखेतमा दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ हो ।

मृतक २ जना पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको पटनाका ४२ वर्षीय रजनीश कुमार, बिहारकै ५० वर्षीय रविन्द्र कुमार, हेटौँडा-४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल, हेटौँडा-२, कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार मृत्यु हुने अन्य दुई पुरुष अन्दाजी ३५ र ४० वर्षका रहेका छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा परी घाइते भएका सुमो चालकसहित ३ जना उपचार भइरहेको छ । घाइते हुनेहरूमा सुमोचालक हेटौँडा-४ का ४५ वर्षीय गणेश थापा, सोही स्थान बस्ने १२ वर्षीय अभ्यास लम्साल र रौतहट जिल्लाकी २१ वर्षीया रिचा चौधरीको भरतपुरस्थित चितवन मेडिकल कलेज (पुरानो) मा उपचार भइरहेको छ । उनीहरु मध्ये चालक थापा र लम्सालको अवस्था गम्भीर रहेको छ भने चौधरी अवस्था मध्यम रहेको छ । घाईते अभ्यास सविताका छोरा हुन्।

Exit mobile version