Home मुख्य समाचार प्रगति माविको स्वर्ण महोत्सव माघमा हुने

प्रगति माविको स्वर्ण महोत्सव माघमा हुने

हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले स्वर्ण महोत्सव माघमा मनाउने भएको छ । आगामी माघ ६ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव (५० औँ वार्षिक उत्सव) मनाउने तय भएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो ।

त्यसअघि विद्यालयले जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना गर्दैछ । भलिबल प्रतियोगिता यहि पुस २६ र २७ गते हुने प्रधानाध्यापक पराजुलीले बताउनुभयो । प्रतियोगिताको लागि टिम दर्ता शुल्क १ हजार रुपैयाँ लाग्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै, माघ २ गते जिल्लास्तरीय शिक्षक सम्मेलन पनि हुनेछ । शनिबार विद्यालयका पूर्वविद्यार्थी र पूर्वशिक्षक भेला तथा हेटौँडा–९ का टोल विकास संस्थासँग अन्तरक्रियात्मक छलफल भएको प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो ।

Exit mobile version