हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित राक्सिराङ गाउँपालिकाका ७ जनालाई पक्राउ गरेको छ । मंगलबार राती १ बजेको समयमा मनहरीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरुको साथबाट ५३ किलो ५७० ग्राम लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले राक्सिराङ गाउँपालिकाका–९, अठारे घर भई हाल चितवन जिल्लाको राप्ति नगरपालिका–१, पिप्ले बस्ने ४८ वर्षीय होमराज अधिकारी, राक्सिराङ गाउँपालिका–९, अठारेका ३० वर्षीय हीरालाल प्रजा, १९ वर्षीय सुकराम प्रजा, १९ वर्षीय रामशरण प्रजा, २५ वर्षीया विन्दुमाया प्रजा, २९ वर्षीया रन्जिता प्रजा र ३० वर्षीया शुक्रमाया प्रजालाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
