Home मुख्य समाचार विज्ञान शिक्षक समाजमा भरत र भुपेन्द्र

विज्ञान शिक्षक समाजमा भरत र भुपेन्द्र

नयाँ समिति चयनपछि विज्ञान शिक्षक समाजको जिल्ला र नगर समितिका पदाधिकारीहरु ।

हेटौँडा : विज्ञान शिक्षक समाज मकवानपुरको चौथो अधिवेशनबाट भरत पोखरेलको अध्यक्षतामा मकवानपुर जिल्ला समिति र भुपेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडामा विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता तथा जिल्ला शिक्षा समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।

अधिवेशनबाट मकवानपुर जिल्ला समितिको उपाध्यक्षमा सुवास खनाल, सचिवमा जीवन तिमल्सिना, सहसचिवमा दुर्गा प्रसाद पराजुली र कोषाध्यक्षमा सुदर्शन पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यमा हरेराम थापा (हेटौँडा), कल्पना गोले (बकैया), सनिता बजगाई (बागमती), राजेश गुप्ता (भीमफेदी), विवेक घलान (मनहरी), देवराज जोशी (इन्द्रसरोवर), सुमन गुप्ता (कैलाश), सजिना थापा मगर (महिला), विष्णुमाया गोले (जनजाति), प्रमिला गुल्मी (जनजाति) चयन हुनुभएको छ ।

यस्तै हेटौँडा उपमहानगर समितिको उपाध्यक्षमा मधुसुदन हुमागाई, सचिवमा अभिषेक दाहाल, सहसचिवमा अटल तितुङ, सदस्यमा ईश्वर रिजाल, भरतप्रसाद तिमल्सिना र नवीन पौडेल निर्वाचित हुनुभएको छ । अधिवेशनको अवसरमा ३५ जना उत्कृष्ट विज्ञान शिक्षक, विज्ञान शिक्षक समाजका पूर्वअध्यक्ष, निवृत्त विज्ञान शिक्षकलाई पनि सम्मान गरिएको थियो । अधिवेशनमा विज्ञान शिक्षक समाज बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद पौड्याल, सचिव नानीराम सञ्जेलको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version