Home मुख्य समाचार मामाघरलाई उपभोक्ता समूहको सहयोग

मामाघरलाई उपभोक्ता समूहको सहयोग

सहयोग हस्तान्तरणपछि धन्यवादपत्र हस्तान्तरण गरिँदै ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित जनहीत पुरुष उपभोक्ता समूहले स्थापनाको २० वर्ष पुगेको अवसरमा हेटौँडा–११, डाङ्डुङेस्थित मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेको छ ।

समूहले २० थान व्याग, खाद्यान्न, मञ्जन, सरफ र तरकारी सहयोग गरेको हो । समूहका अध्यक्ष अनिल पुडासैनी नेतृत्वको समूह मामाघर नेपाल पुगेर सहयोग हस्तान्तरण गर्नुका साथै सहभोजको समेत आयोजना गरेको थियो । वनभोज गरेर हुने खर्च यो वर्ष मामाघर नेपालमा सहयोग गरिएको अध्यक्ष पुडासैनीले बताउनुभयो । सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुर डेढ दशकदेखि दान, चन्दा, उपहार र सहयोगमा संचालित सामाजिक संस्था हो । सहयोगी समूहलाई मामाघर नेपालका परिकल्पनाकार अर्पण पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Exit mobile version