Home मुख्य समाचार विभिन्न मुद्दामा फरार रहेका ५ जना पक्राउ

विभिन्न मुद्दामा फरार रहेका ५ जना पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरु पक्राउ परेका छन् । बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अपराधका घटनामा दोषी ठहर भई मकवानपुर जिल्ला अदालतले सजाय तोकेका बागमती–७ का २९ वर्षीय शिव कुवर भन्ने भोज बहादुर कमर, हेटौँडा–९ का ३५ वर्षीय प्रदिप उपाध्याय, बकैया–१२ का ३२ वर्षीय प्रताब भन्ने बहादुर मोक्तान र हेटौँडा–४ बस्ने २० वर्षीय भारतीय नागरिक दिल खुस कुमार साह रहेका छन् । पक्राउ पर्नेहरु मध्ये कमरलाई चोरी मुद्दामा २५ दिन कैद, उपाध्यायलाई कुटपिट मुद्दामा १ वर्ष २६ दिन कैद, मोक्तानलाई ५ हजार र साहलाई २० हजार रुपैयाँ जरिवाना गर्न अदालतले आदेश गरेको थियो । यसैगरी जबर्जस्तीकरणी मुद्दामा फरार रहेका रौतहट जिल्लाको कटहरिया–५ घर भई हेटौँडा–५ बस्ने २५ वर्षीय राकेश कुमार दुबे पक्राउ परेका छन् । दुबेको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version