Home मुख्य समाचार भरतपुरमा मृत्यु भएका हेटौंडा–४ का पुरुषमा कोरोना पुष्टि

भरतपुरमा मृत्यु भएका हेटौंडा–४ का पुरुषमा कोरोना पुष्टि

हेटौंडाः निमोनियाको उपचार गर्ने क्रममा मृत्यु भएका हेटौंडा–४ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । साउन ३२ गतेदेखि खोकी लागेपछि हेटौंडामै उपचार गराउँदा निमोनिया भएको भनेर औषधी खान सुरु गरेपनि खोकी कम नभएपछि भदौ ३ गते भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । भरतपुरस्थित पुरानो मेडिकल कलेजमै उपचार गराउने क्रममा भदौ ४ गते राती मृत्यु भएको थियो ।

मृत्यु भएपछि स्वाबको नमूना संकलन गरेर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मृतकका छोराले जानकारी दिएका छन् । निमोनियाको समयस्या यसअघि थाहा नभएको उल्लेख गर्दैै मृतकका छोराले भने, ‘तत्कालको समस्या नभई लामो समयदेखि फोक्सोमा समस्या देखिएको र निमोनियाका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।’ कोरोना सङ्क्रमण पुष्टि भएसँगै मृतकको शवको व्यवस्थापन भरतपुरमै नेपाली सेनाले गर्नेछ । यहाँ हेटौंडा–४ स्थित मृतकको घर स्थानीय प्रशासनले सिल गरिसकेको छ । स्थानीय प्रशासनले मृतकका परिवार र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्नेछ ।

Exit mobile version