Home मुख्य समाचार बालजागृतिले विद्यार्थीका लागि संयुक्त राष्ट्रसंघीय नमूना महासभाको आयोजना

बालजागृतिले विद्यार्थीका लागि संयुक्त राष्ट्रसंघीय नमूना महासभाको आयोजना

हेटौँडा हेटौँडा–२ स्थित बालजागृति ईंग्लिस सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीको सहभागितामा संयुक्त राष्ट्रसंघीय नमूना महासभाको आयोजना गरेको छ । कक्षा–७, ८, ९ र १० का ९० जना विद्यार्थीको सहभागितामा बालजागृृतिले पहिलो पटक नमूना महासभाको आयोजना गरेको हो ।

विद्यार्थीलाई संयुक्त राष्ट्रसंघीय महासभाको माध्यमबाट अन्तर्राष्ट्रिय संस्थाको अवधारणा र अभ्यास बुझाउने प्रयास गरिएको बालजागृतिका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । नमूना महासभाको कार्यक्रमलाई हरेक वर्ष आयोजना गरिने प्रिन्सीपल सुवेदीले बताउनुभएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका पूर्व कर्मचारी राजु क्षेत्रीको प्रमुख आतिथ्यमा आज बिहान उद्घाटन कार्यक्रम भएको हो । भोलि आइतबारसम्म सञ्चालन हुने कार्यक्रममा मदरल्याण्ड स्कूलका विद्यार्थीको पनि सहभागिता रहेको छ ।

Exit mobile version