हेटौँडा : शिवम् सिमेन्ट उद्योग लिमिटेडले छात्रवृत्ति वितरण गरेको छ ।
मंगलबार हेटौँडा–१७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति वापत १ लाख ७९ हजार ४ सय रुपैयाँ रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ । वडा सदस्य लेखकुमारी तिमल्सिनाको उपस्थितिमा उद्योगका उपमहाप्रबन्धक राजेन्द्र शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्नुभयो ।
