हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले निजगढका सुनिल आचार्य र किरण कार्कीलाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजेर १५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–३, तीनताप्केबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बस्तिपुरबाट लेवटतर्फ आउँदै गरेको म प्र ०३–०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार सुनिल र किरणलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकल चालक बारा जिल्लाको निजगढ नगरपालिका–७ का ३० वर्षीय सुनिल आचार्य र मोटरसाइकलको पछाडी सवार निजगढ–८ का ३१ वर्षीय किरण कार्कीको साथबाट लागूऔषध खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले लागूऔषध खैरो हेरोइनको २५ वटा पुरिया तौल गर्दा १ ग्राम ०४ मिलिग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
