Home मुख्य समाचार हेटौंडामा मृत्यु भएका एक वृद्धमा कोरोना सङक्रमण पुष्टि

हेटौंडामा मृत्यु भएका एक वृद्धमा कोरोना सङक्रमण पुष्टि

गुगल तस्विर ।

हेटौंडाः गए राती मृत्यु भएका हेटौंडा–१ का एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत ६१ वर्षीय वृद्धमा मृत्युपछि आज बिहान हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

सोमबार नै स्वाब नमूना सङ्कलन गरिए पनि गएराती निधन भएपछि मात्रै उनको स्वाबको नमूना आज बिहान परीक्षण गरिएको हो । स्वाब नमूनाको चापका कारण तत्काल परीक्षण गर्न सक्ने अवस्था छैन । मृतक वृद्धमा कसरी सङ्क्रमण भयो भन्ने विषयमा आवश्यक जानकारी लिन बाँकी नै रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभएको छ ।

Exit mobile version