Home मुख्य समाचार सामाजिक क्लबका विद्यार्थी आश्रममा

सामाजिक क्लबका विद्यार्थी आश्रममा

सहयोग रकम हस्तान्तरण गर्दै विद्यार्थीहरु ।

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सामाजिक क्लबका विद्यार्थीको समूह हेटौँडा–१५ स्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रममा गएर सहयोग गरेका छन् ।

परोपकार, सेवा, धर्म र सहयोग जस्ता मानवीय गुणको अभ्यास र सिकाईका लागि विद्यार्थीलाई आश्रमको भ्रमण गराउनुका साथै सहयोग गरिएको शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आश्रमलाई सहयोग गरेको शिक्षक श्रेष्ठको भनाइ छ ।

Exit mobile version