Home मुख्य समाचार भीमफेदीमा वडा प्रशासनिक भवनको शिलान्यास

भीमफेदीमा वडा प्रशासनिक भवनको शिलान्यास


हेटौंडाः भीमफेदी गाउँपालिकाको वडा नम्बर ४ मा वडा प्रशासनिक भवनको शिलान्यास भएको छ । करिब १ करोड ९९ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण हुने भवन मंगलबार शिलान्यास भएको हो ।

चालु आर्थिक वर्षभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाका इन्जिनियर मनिष सुवेदीले जानकारी दिनुभयो । स्थानीय अन्जना थापा र सुशील थापाले वडा नम्बर ४, चिउरीबगैँचास्थित दानस्वरुप उपलब्ध गराउनुभएको १५ धुर जग्गामा भवनको शिलान्यास गरिएको हो । इन्जिनियर सुवेदीका अनुसार भवन निर्माणका लागि लटरम्भेश्वर महादेव निर्माण सेवासँग १ करोड ४७ लाख ४५ हजार ४ सय ३२ रुपैयाँमा सम्झौता भएको छ ।

Exit mobile version