Home मुख्य समाचार नयाँ प्रशासकीय अधिकृत आएसँगै हेटौंडा उपमहानगरपालिकामा जिम्मेवार हेरफेर

नयाँ प्रशासकीय अधिकृत आएसँगै हेटौंडा उपमहानगरपालिकामा जिम्मेवार हेरफेर

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै जिम्मेवारी हेरफेर भएको छ । उपमहानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुखमा सत्यनारायण साह, आर्थिक विकास महाशाखा प्रमुखमा गंगा कुमारी चौलागाई, आर्थिक प्रशासन महाशाखा प्रमुखमा मनोज सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख कृष्णबहादुर अधिकारीको अनिवार्य अवकास भएको हो भने आर्थिक प्रशासन महाशाखा प्रमुख डा. शंकरप्रसाद उपाध्यायले स्वेच्छिक राजिनामा दिनुभएको थियो । आर्थिक विकास महाशाखा प्रमुख बीके महर्जनले पनि स्वेच्छिक राजिनामा दिनुभएको थियो । यस्तै सम्पत्ति व्यवस्थापन शाखामा दुर्गाप्रसाद न्यौपाने, राजश्व शाखामा रामकृष्ण थापा, सहकारी, तथा उद्योग, रोजगार प्रवद्र्धन शाखामा राजन रायलाई जिम्मेवारी दिइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा साउन २२ गते हाजिर हुनुभएका सहसचिव नमराज घिमिरेले साउन २८ गते जिम्मेवारी हेरफेर गर्नुका साथै रिक्त रहेका पदमा पदस्थापन गर्नुभएको हो । नयाँ कार्यकारी अधिकृत आएपछि जिम्मेवारी हेरफेर तथा पदस्थापनको काम भए पनि यो नियमित र स्वभाविक कार्य भएको उल्लेख गर्नुभएको छ । उहाँले जनप्रतिनिधिसँग समन्वय गरेर कर्मचारी प्रशासनले कानूनसम्मत कार्य गर्ने बताउनुभएको छ ।

Exit mobile version