Home मुख्य समाचार मकवानपुरगढीमा भिरबाट लडेर ९ वर्षीय बालक घाइते

मकवानपुरगढीमा भिरबाट लडेर ९ वर्षीय बालक घाइते

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–१ का ९ वर्षीय आयुष लुङ्वा भिरबाट लडेर घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेको समयमा आयुष आफ्नै घरबाट २ सय मिटर पर लेनडाँडाको जंगल क्षेत्रमा बाख्रा चराउन गएको समयमा भिरबाट लडेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

उनको टाउको र दाहिने हातमा चोट लागेर अवस्था मध्यम रहेको छ । घाइते आयुषको हेटौँडास्थित चुरेहिल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version