Home मुख्य समाचार ठगी गरेको अभियोगमा ३ जना पक्राउ

ठगी गरेको अभियोगमा ३ जना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौँडा : सूर्य नेपालको कर्मचारी भन्दै कम्पनीका लागि सामान खरिद गर्ने वहानामा व्यापारीहरूलाई ठगी गरेको अभियोगमा मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

विभिन्न मितिमा आफूलाई सूर्य नेपाल प्रालिको कर्मचारी हो भनी हेटौँडाका व्यवसायीहरुलाई अनलाईनबाट सामानको अर्डर गरी रकम जम्मा गरेको नक्कली बैक भौचर ह्वाटसप मार्फत पठाई १७ लाख ८७ हजार रुपैयाँ बराबरको सामानहरु बीरगंजतर्फ डेलिभरी गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, बीरगन्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी र बीरगन्ज–३२, टेटा घर भई हाल हेटौँडा–१०, टिसिएनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेश कुमार केशरीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

Exit mobile version