हेटौँडा : हेटौँडा–२, चौकिटोलमा रहेको ओम बृद्धाश्रमलाई नगद सहयोग प्राप्त भएको छ । सोमबार हेटौँडा–४, कमलडाँडा निवासी जङ्गबहादुर तामाङले आश्रममा आश्रित आमाबुबाहरूका २० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको आश्रमका सचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।
तामाङले आश्रममा आश्रित २३ जना आमाबुवालाई बिहान–दिउँसोको चिया–नास्ता तथा बिहान–बेलुकाको भोजन व्यवस्थापनको स्वरुप स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्नुका साथै आफैँले जेष्ठ आमाबुबाहरूलाई भोजन हस्तान्तरण गर्नु भएको थियो ।
