Home मुख्य समाचार मकवानपुरका साहित्यकार निमेष निखिल रूपन्देही जिल्लामा सम्मानित हुने

मकवानपुरका साहित्यकार निमेष निखिल रूपन्देही जिल्लामा सम्मानित हुने

हेटौँडा : मकवानपुर जिल्लाका साहित्यकार निमेष निखिल रूपन्देही जिल्लाबाट सम्मानित हुने भएका छन् । आइतबार रूपन्देहीमा रहेको शहिद स्मृति पुस्तकालयले एक सूचना जारी गर्दै राजधानी बाहिर रहेर नेपाली साहित्यमा विशेष योगदान दिने साहित्यकारहरूलाई सम्मान गर्न लागेको जनाएको छ ।

साहित्यकार वनमाली निराकरले आफ्नो अभिभावकको नाममा अक्षयकोष राखेर आयोजना गर्नुभएको नेत्र शोभा स्मृति साहित्य पुरस्कार २०८२ मकवानपुरे साहित्यकार निमेष निखिललाई प्रदान गर्न लागेको सहिद स्मृति पुस्तकालयका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

साहित्यकार निमेषलाई कार्तिक २४ गते पुस्तकालयको २४ औँ वार्षिक उत्सवको अवसरमा नगद ११ हजार १११ रुपैयाँसहित सम्मान गरिने ज्ञवलीले बताउनुभयो ।

ज्ञवालीका अनुसार निमेष निखिललाई राजधानी बाहिर बसेर साहित्यिक क्षेत्रमा दिएको योगदानको आधारमा सम्मान प्रदान गरिन लागेको हो । यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । गत वर्ष कैलाली जिल्लाको श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिएको थियो ।

Exit mobile version