Home मुख्य समाचार बकैयामा खुकुरी प्रहारबाट मिनबहादुर घाइते, सागर पक्राउ

बकैयामा खुकुरी प्रहारबाट मिनबहादुर घाइते, सागर पक्राउ

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–९, च्याउँच्याउँमा खुकुरी प्रहारबाट स्थानीय ३३ वर्षीय मिनबहादुर थिङ घाइते भएका छन् । मिनबहादुरलाई स्थानीय १६ वर्षीय सागर विकले सोमबार दिउँसो साढे ४ बजेको समयमा खुकुरी प्रहार गरेको प्रहरी चौकी हात्तीसुडेका प्रहरी नायव निरीक्षक कृष्णकुमार लामाले जानकारी दिनुभएको छ ।

क्यारेमबोर्ड खेलिरहेका मिनबहादुरलाई सागरले एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले खुकुरीसहित सागरलाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछका क्रममा आफ्नी आमालाई हातपात गरेका कारण मिनबहादुरलाई खुकुरी प्रहार गरेको वयान सागरले दिएको प्रहरीले उल्लेख गरेको छ । सागर लागूऔषध दूव्र्यसन समेत भएको प्रहरीले जानकारी दिएको छ ।

मिनबहादुरको घाँटीमा गम्भीर चोट लागेको प्रहरीले उल्लेख गरेको छ । घाइते थिङको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version