Home अर्थ/व्यापार कौडा र तास खेलिरहेको स्थानबाट ५ जना पक्राउ

कौडा र तास खेलिरहेको स्थानबाट ५ जना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–४, थाहाचोकस्थित एक होटल पछाडी रहेको टहरामा कौडा र तास खेलिरहेका ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ५ बजेको समयमा जुवातास खेलाई रहेको छ भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४७ हजार ७ सय ९० रुपैयाँ, कौडा १६ वटा र ६ बुक ताससहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले खाजा घर संचालक मकवानपुरको बागमती गाउँपालिका–१, घर भई हाल हेटौँडा–४, बस्ने ४० वर्षीय पदम बहादुर भोलन, सोहि स्थानका ३४ वर्षीय समिर योन्जन, कैलाश गाउँपालिका–१०, बस्ने ४० वर्षीय हिरा लामा तितुङ, हेटौँडा–११, का ३० वर्षीय मिलन तामाङ र बारा जिल्ला निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय रोम प्रसाद चौलागाईलाई पक्राउ गरेको छ ।

Exit mobile version