Home मुख्य समाचार प्रदेश मातहतका अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री वितरण

प्रदेश मातहतका अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री वितरण

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका हेटौंडा अस्पताल, भक्तपुर अस्पताल, धादिङ अस्पताल, नुवकोटको त्रिशुली अस्पताल र सिन्धुली अस्पताललाई १६ थान भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

भेन्टिलेटरसहित बागमती प्रदेश सरकारले कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्म १० थान, इलेक्ट्रो कार्डियोग्राफ ३ थान, प्यासेन्ट मोनिटर ६० थान, कलर डप्लर अल्ट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्भ भोयर ब्याग ५० थान, ब्लड ग्याँस  एनलाईजर १० थान, डेफिग्रीलेटर मोबाईल १० थान, अक्सीमिटर पल्स २० थान र आईसियू बेड ५० थान अस्पतालहरुलाई वितरण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

चीनको तिब्बत सरकारबाट सहयोग स्वरुप प्राप्त भएका स्वास्थ्य सामग्रीहरु प्रदेश मातहतका अस्पतालमा वितरण भएको र अहिले अस्पतालमा लैजाने कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।  

Exit mobile version