हेटौँडा : मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको अध्यक्षमा पुनः डीबी बर्तौला चयन हुनुभएको छ । शुक्रबार हेटौँडामा भएको १७औं अधिवेशनबाट बर्तौलाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा मनोज पोखरेल, सचिवमा रजनी पौडेल, सहसचिवमा भवानी न्यौपाने तिमिल्सना र कोषाध्यक्षमा सन्जित श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यमा मिथिला अधिकारी, कमल नेपाल, विविसा रुम्बा र विधान आचार्य चयन हुनुभएको छ ।
