५३ जनाले रक्तदान गरे समृद्ध समाज संवाददाता - October 15, 2025 रक्तदान गर्दै प्रहरीहरु । हेटौँडा : ७० औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । बुधबार बागमती प्रदेश प्रहरी अस्पताल हेटौँडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।