Home मुख्य समाचार गौरीटारमा १२० बेडको आइसोलेसन वार्ड तयार

गौरीटारमा १२० बेडको आइसोलेसन वार्ड तयार

हेटौंडाः हेटौंडा–६, गौरीटारस्थित राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वको रंगशालामा एक सय २० बेड क्षमताको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको छ । कोरोना भाइरस सङक्रमितको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्वारा निर्माण गरिएको आइसोलेसन कक्षमा ८० बेड थप गरिने बताइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस सङ्क्रमितको संख्या बढेसँगै हेटौंडा–४, कर्रास्थित ३५ बेडको आइसोलेसन वार्ड भरिएर कोरोना भाइरस सङ्क्रमितहरु घरमै बस्न बाध्य छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा मात्रै एक सय भन्दा बढी कोरोना भाइरस सङक्रमित भइसकेका छन् ।

Exit mobile version