Home मुख्य समाचार सडेगलेकोे शवको पोष्टमार्टम बिना नै दाहसंस्कार

सडेगलेकोे शवको पोष्टमार्टम बिना नै दाहसंस्कार

हेटौँडा : नुवाकोट जिल्लाको ककनी गाउँपालिका–३, मसिनेस्थित कोल्पुखोला किनारामा सडेको अवस्थामा फेला परेको शव दाहसंस्कार गरिएको छ । बिहीबार बिहान फेला परेको शव पोष्ट मार्टम गर्न नसकिने अवस्था रहेकोले पोष्टमार्टम बिना नै दाहसंस्कार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

बिहीबार बिहान कोल्पुखोला किनारामा महिला पुरुष केहि नखुलेको सडेको अवस्थामा शव फेला परेको थियो । पछि अनुसन्धान गर्दै जाँदा मृतक तादी गाउँपालिका–१ की ५० वर्षीया माइती तामाङ रहेको प्रहरीले जानकारी गराएको छ । मृतकको घाँटीमा भएको प्वाल र दाँतको आधारमा श्रीमानले सनाखत गरेको प्रहरी जनाएको हो । मृतक तामाङ ककनी गाउँपालिका–१ स्थित डम्पिङ साइडमा फोहोर संकलनको काम गर्दै आएका थिए । उनी असोज १३ गते बिहान घरबाट निस्केपछि बेपत्ता भएका थिए । प्रारम्भिक अनुसन्धानबाट शंकास्पद नदेखिएको हुँदा पोष्टमार्टम नगरी दाहसंस्कारका लागि श्रीमानले बुझेर दाहसंस्कार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

Exit mobile version