हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा शनिबार बिहान हेटौँडामा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रास्वपाले बाढी, पहिरो र जेनजी आन्दोलनका घाइतेको उपचारमा सहयोग पुग्ने अपेक्षासहित रास्वपाले हेटौँडामा रक्तदान कार्यक्रम गरेको हो ।
हेटौँडा–१०, बुद्धचोकमा भएको कार्यक्रममा निवर्तमान सांसद विन्दवासिनी कंशाकारको पनि उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यस्तै शनिबार नै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रक्तदान कार्यक्रम भइरहेको छ । भोलि आइतबार पनि मकवानपुरको मनहरी गाउँपालिकाको रजैयामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
