Home मुख्य समाचार गाडीले ठक्कर दिँदा सिन्धुलीमा पैदलयात्रीको मृत्यु, सिन्धुपाल्चोकमा एक मृत फेला

गाडीले ठक्कर दिँदा सिन्धुलीमा पैदलयात्रीको मृत्यु, सिन्धुपाल्चोकमा एक मृत फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, भिमानमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेर २३ मिनेटको समयमा भित्रि सडकखण्डमा भिमान बजारबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७१ प ५८९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भिमान बजार बस्ने ७६ वर्षीय कृष्णप्रसाद पौडेल घाइते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । आईसियुमा उपचारकै क्रममा शुक्रबार अपरान्ह १ बजेर २० मिनेटको समयमा पौडेलको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मोटरसाइकल चालक कमलामाई नगरपालिका–९ का २१ वर्षीय अमित कुमार दनुवार इलाका प्रहरी कार्यालय भिमानको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।

यसैगरी सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५, बसपार्कमा एकजना पुरुष मृत भेटिएका छन् । अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । शनिबार बिहान १० बजेर ५० मिनेटको समयमा मृत भेटिएका पुरुषको शव अस्पतालमा राखिएको छ ।

Exit mobile version