Home खेलकुद साइमन योञ्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

साइमन योञ्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

हेटौंडाः साइमन योञ्जन स्मृति रनिङ्गशिल्ड खुला फुटसल प्रतियोगिता स्थगित भएको छ । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता स्थगित भएको प्रतियोगिताका संयोजक विक्रम योञ्जनले बताउनु भयोे ।

गतवर्ष असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा बिहीबारदेखि हुने भनिएको प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको निर्णयअनुसार स्थगित गरिएको बताइएको छ । सिस्नेरीको पहिरोमा योञ्जनसहित अनुपम घलान, दिवश बानियाँ, विकल रेग्मी, आदित्य बलम्पाकी र प्रियान्स आचार्यको मृत्यु भएको थियो । प्रतियोगिता असोज ९, १० र ११ गते हुने भनि तय गरिएको थियो ।

Exit mobile version