हेटौँडा : नेपाल बैंक लिमिटेडको हेटौँडा शाखाले आज सोमबार घटस्थापनाको दिन सुकिला नोट साट्ने भएको छ । सार्वजनिक विदाको दिन भए पनि सेवाग्राहीको सहजताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सुकिला नोट साट्ने शाखा प्रबन्धक तेजप्रसाद नेपालले जानकारी दिनुभयो ।
एकजनालाई ५, १०, २०, ५० र १ सय दरका एक सेट सुकिला नोट १८ हजार ५ सय रुपैयाँ बराबरको साटिने नेपाल बैंकको हेटौँडा शाखाका प्रबन्धक तेजप्रसाद नेपालले जानकारी दिनुभएको छ । गत वर्ष पनि बैंकले सुकिला नोट साटेको थियो । वडा दसैंको अवसरमा टीका, जमरासँगै नयाँ नोटसहित आशिर्वाद दिने प्रचलन रहे पनि पछिल्ला वर्षहरुमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न छाडेको छ । नयाँ नोटको विकल्पमा बैंकहरुले सुकिला नोट साट्ने गरेको छ ।
