Home मुख्य समाचार माछा मार्न गएका सोमबहादुर अझै भेटिएन

माछा मार्न गएका सोमबहादुर अझै भेटिएन

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाको बागमती नदीमा माछा मार्न जाँदा बेपत्ता भएका भएका सोमबहादुर अझै भेटिएनन् । बागमती गाउँपालिका–१, माझगाउँका १८ वर्षीय सोमबहादुर घलान बुधबार माछा मार्न जाँदा खोलाले बगाएर बेपत्ता भएका थिए ।

सोमबहादुर बुबा गुञ्जमान घलानसँगै माछा मार्न खोला गएका थिए । सोमबहादुरलाई खोलाले बगाएको भन्ने खबर प्राप्त भएलगत्तै राईगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल प्रसाद यादवको कमाण्डमा रहेकोे टोली घटनास्थलमा पुगी स्थानीय र प्रहरी संयुक्त रुपमा खोजी थाले पनि बिहीबार मध्यान्हसम्म सोमबहादुर फेला पर्न सकेको छैन । आफूहरु निरन्तर खोजी कार्य गरिरहेको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिनु भयो ।

Exit mobile version