हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, त्रिवेणीचोकमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार राती ९ बजेर ३० मिनेटको समयमा ट्राफिक चोकबाट त्रिवेणी चोकतर्फ जाँदै गरेको ना २६ प २०५९ नम्बरको मोटरसाइकलले पैदलयात्री ५० वर्षीया देवी रेग्मीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी देवीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा देवीको बुधबार दिउँसो ४ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २९ वर्षीय लोकेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
