हेटौँडा : मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख खड्कासहित ४८ जना प्रहरी उपरीक्षक (एसपी) को एकसाथ सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले भदौ ३१ गतेको मितिमा सरुवाको सूचनासम्बन्धी सूचना जारी गरेको छ । गत वर्ष असोजमै खड्काले मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । मकवानपुर प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउनु हुनेछ ।
यस्तै प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको पनि सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयमा सरुवा हुनुभएका अर्यालको ठाउँमा पुष्कर बोगटी आउनुहुनेछ भएको छ ।
