Home मुख्य समाचार १५७ केजी लागूऔषध गाँजासहित कन्टेनर ट्रकसहित चालक पक्राउ

१५७ केजी लागूऔषध गाँजासहित कन्टेनर ट्रकसहित चालक पक्राउ

प्रहरीले बरामद गरेको गाँजा र नियन्त्रणमा लिएको कन्टेनर ट्रक ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा कन्टेनर ट्रक र चालकलाई पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरी चौकी भैंसेबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमफेदी गाउँपालिका–२, भैंसे चेकपोष्टबाट १ सय ५७ केजी १२० ग्राम लागूऔषध गाँजासहित कन्टेनर ट्रक र चालक नियन्त्रणमा लिएको हो ।

पालुङबाट हेटौँडाबजार तर्फ आउँदै गरेको बा २ ख ३२१९ नम्बरको कन्टेनरलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले कन्टेनर ट्रक चालक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिशे नगरपालिका–८ का ४१ वर्षीय वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई प्रहरीले चालकलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version