हेटौँडा : हेटौँडामा एक युवक माथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ ६ बजे खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार मिथुन लामासहित चार–पाँच जनाको समूहले उनीमाथि आक्रमण गरेको प्रारम्भिक जानकारी घटनास्थलबाट प्राप्त भएको छ । घाइते घिमिरेलाई उपचारका लागि भरतपुर लगिएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी अर्यालले जानकारी दिनुभयो । यता, प्रत्यक्षदर्शीका अनुसार उनीमाथि वन विज्ञान क्याम्पस अगाडि गाडी रोकेर टाउको र हातमा खुकुरी प्रहार गरिएको थियो ।
