Home मुख्य समाचार लुटेको सामग्री फिर्ता गर्न प्रदेश सभा सचिवालयको आग्रह

लुटेको सामग्री फिर्ता गर्न प्रदेश सभा सचिवालयको आग्रह

सचिवालयले जारी गरेको सुचना ।

हेटौंडा : जेनजी आन्दोलनको क्रममा चोरी भएको सामग्रीहरु फिर्ता गर्न बागमती प्रदेश सभा सचिवालयले आग्रह गरेको छ । आईतबार सचिवालयले एउटा सूचना जारी गर्दै सामग्रीहरु बुझाउन अनुरोध गरेको छ ।

भाद्र २४ गते आगजनी र तोडफेडको क्रममा बागमती प्रदेश सभा सचिवालयमा रहेको कम्प्युटर, ल्याप्टप, इन्भर्टर, टिभी, एसीसहित कुर्सी, टेबल, सोफा लगायतका सामग्रीहरु चोरी भएको थियो । त्यसैगरी कर्मचारीहरुको सवारी साधनमा आगजनी र तोडफोड गरी लुटपात भएको थियो । उक्त सामग्रीहरु आफूले भेटेमा वा आफूसँग भएमा फिर्ता गरिदिन सचिवालयले अनुरोध गरेको छ । उल्लेखित सामग्रीहरुको सम्बन्धमा कुनै जानकारी भए जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ ।

Exit mobile version