Home मुख्य समाचार हेटौँडा उपमहानगर उपप्रमुख बानियाँमाथि आक्रमण, एकजना पक्राउ

हेटौँडा उपमहानगर उपप्रमुख बानियाँमाथि आक्रमण, एकजना पक्राउ

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण भएको छ । आइतबार बिहान करिब १० बजेको समयमा हेटौँडा–२, बुद्धचोकमा उपप्रमुख बानियाँमाथि आक्रमण भएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभएको छ ।

‘आइतबार बिहान १० बजेको समयमा बुद्धचोकमा साथीभाइसँग बसिरहनुभएको अवस्थामा एक्कासी आक्रमण भएको भन्ने बुझियो’, प्रहरी प्रमुख खड्काले भन्नुभयो, ‘उपप्रमुख बानियाँलाई सामान्य चोट छ । आक्रमण गर्ने हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएका छौं ।’ खड्काले यसअघि नेता विरोध खतिवडालाई पनि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

Exit mobile version