Home मुख्य समाचार गगन थापा मंगलबार हेटौँडा आउने

गगन थापा मंगलबार हेटौँडा आउने

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा ।

हेटौँडा : बिपि जयन्तीको अवसरमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा हेटौँडा आउनुहुने भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेशसभा (ख) समितिले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापा हेटौँडा आउने जानकारी दिएको हो ।

नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं. १ को प्रदेशसभा (ख) समितिले मंगलबार आयोजना गर्ने विशेष सभामा महामन्त्री थापा सहभागी हुनुहुने काँग्रेस मकवानपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) समितिका सभापति राजेश बानियाँले जानकारी दिनुभयो । महामन्त्री थापा कार्यक्रममा सहभागी भई कृषि सम्बन्धी सन्देशमूलक र सरकारका सममामयिक गतिविधिबारे विचार राख्नुहुने उहाँले जानकारी दिनुभयो ।

यस्तै नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित भएका र राजनीतिक वा प्रशासनिक क्षेत्रमा उत्कृष्ट काम सम्पन्न गरेका जनप्रतिनिधिहरुलाई सम्मान गरिने कार्यक्रम पनि राखिएको जानकारी दिनुभयो । अन्य सामान्य सभाभन्दा फरक सम्पन्न हुने यो भेलाले फरक सन्देश दिने अपेक्षा गरेको पनि सभापति लामाले जानकारी दिनुभयो ।

Exit mobile version