Home मुख्य समाचार हज समितिमा मकवानपुरका समीम

हज समितिमा मकवानपुरका समीम

नेपाल हज समितिको सदस्य नियुक्तिको पत्र बुझेपछि गृहमन्त्री रमेश लेखकसँग फोटो खिचाउनुहुँदै मोहम्मद समीम ।

हेटौँडा : नेपाल हज समितिको सदस्यमा मकवानपुरका मोहम्मद समीम नियुक्त हुनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भदौ ३ गते समीमलाई नेपाल हज समिति सदस्यमा मनोनित गर्ने निर्णय भएको हो । समीम नेपाल मुस्लिम इत्तिहाद संगठनको बागमती प्रदेश अध्यक्ष हुनुहुन्छ ।

यसैबीच नेपाल हज समितिले हज यात्राका लागि इच्छुक व्यक्तिलाई आवेदन दिन आव्हान गरेको छ । गृह मन्त्रालय मातहतमा रहेको नेपाल हज समितिले सन् २०२६ को हज यात्राका लागि आवेदन आव्हान गरेको हो । गत बिहीबार बसेको समितिको पहिलो बैठकले शुक्रबार एक सूचना जारी गरी आवेदन आह्वान गरेको छ ।

सन् २०२६ का लागि नेपालबाट १ हजार २ सय जनाले हज गर्न सक्ने गरी साउदी अरब सरकारले कोटा निर्धारण गरेको छ । समितिले हज शुल्कबापत पहिलो किस्तामा १ लाख ५० हजार समितिको खातामा बुझाएको सक्कल भौचर माग गरेको छ भने प्रति व्यक्ति यात्राको जम्मा खर्च ३ लाख ७० हजार रुपैयाँ अनुमान गरिएको हज समितिका सदस्य मोहम्मद समीमले बताउनु भयो । यो यात्रा ३२ दिनको हुने उहाँको भनाइ छ ।

इच्छुक इस्लाम धर्मावलम्बीहरुले असोज २० गते भित्र यात्राका लागि आवेदन दिनुपर्ने छ । आवेदकले बैंक भौचरसहित नेपाली नागरिकता र राहदानीको १/१ प्रति फोटोकपी, हालसालै खिचिएको पासर्पोट साइजको फोटो २ प्रति र आफ्नो बैंक खाताको चेकको फाटोकपी बुझाउनु पर्ने छ । त्यसैगरी कोरोना विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र पनि बुझाउनु पर्ने छ ।

Exit mobile version